मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार ०९:५९
सांकेतिक तस्बिर

रौतहट । मानव बेचबिखन तथा ओसारपसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव रहेका छन् ।

लामो समयदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।