समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा चौलागाईँ
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको संस्थापक अध्यक्ष पदमा शिव चौलागाईँ सर्वसम्मत चुनिएका छन् । शनिवार हेटौंडामा सम्पन्न संगठनको प्रथम भेलाले चौलागाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द्रप्रसाद न्यौपाने र मञ्जु पुडासैनी चयन भएका छन् ।
त्यस्तै सचिवमा पुष्कर गोले, कोषाध्यक्षमा राजु बस्नेत, सहसचिवमा विकल्प चौलागाईँ चुनिएका हुन् । समितिको सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइञ्चार्ज राजन दाहाल, पार्टीको जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतको उपस्थिति रहेको थियो ।
संगठनको अध्यक्ष चुनिएका चौलागाईंले एक दशक भन्दाबढी मिडियामा आवद्ध भएर काम गरेका छन् । हेटौंडाबाट प्रकाशित हुने लोक खबर डटकमको सम्पादक रहेका उनी बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रेस संयोजकसमेत हुन् ।
