समाचार

माधव नेपालले भने – एमसीसीलाई समर्थन गर्न सकिंदैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा एमसीसी पास गर्ने तयारीमा रहेको बेला नेपालले भने समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

मकवानपुरमा करिब ३ लाख मतदाता

मकवानपुर । सरकारले स्थानीय तह निर्वाचको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको छ । उक्त दिनसम्ममा मकवानपुरमा १ लाख ५२ हजार पुरुष र १ लाख ४५ हजार ५ सय महिला गरी कूल २ लाख ९७ हजार ५ सयले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको प्रदेश निर्वाचन कार्यालय...

दुर्घटनामा परेर एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ । रम्भा–१ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु ६७ प ४७८७ नंको मोटरसाइकल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । विहिबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । कांग्रेसमा एमसीसी पास गर्ने विषयमा एकमत...

हेटौंडाको २ स्थानमा बिहानै आगलागी

मकवानपुर । मकवानपुरमा शुक्रबार विहानै २ स्थानमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १३ पदमपोखरी पीपलबोट टोलस्थित इश्वरी पाण्डेको गोठमा आगलागी भएको हो । हेटौंडा उपमहानगरपालिकाको अग्नि नियन्त्रण शाखाले दिएको जानकारी अनुसार आगलागीबाट उनको गोठको करिब ५ टिप पराल जलेर नष्ट भएको छ भने केही जस्तापाता र...

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल हुनेछ । कांग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । कांग्रेस...

कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको पक्षले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । बिहिबार राजधानीमा बसेको थापा पक्षको बैठकले सो निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा...

पशुपति मन्दिर दर्शनार्थीका लागि खुल्यो

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण करिब एक महिनादेखि दर्शनार्थीको लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर खुल्ला...

आजको मौसम : थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । बिहान तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । यस्तै, दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी...

दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु, एक घाइते

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष र एक जना बालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, उनीहरुको धुवाँमा निसासिएर मृत्यु भएको...