आजको मौसम : थोरै स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ माघ २८, शुक्रबार ०८:४०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । बिहान तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

यस्तै, दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति प्रदेश १ को पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार भने मौसममा सुधार हुने देखिएको छ ।