नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल हुनेछ । कांग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक यसअघि बिहिबार पनि बसेको थियो । बिहीबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनबारे र एमसीसी पास गर्नुमा विषयमा छलफल भएको थियो । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।
