दुर्घटनामा परेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।
रम्भा–१ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु ६७ प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार, मृतक रविन इञ्जीनियर पदमा कार्यरत कर्मचारी हुन् । मोटरसाइकल २०० मिटर तल खसेको थियो ।
