समाचार

माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ अर्थात भोलिको लागि बोलाइएको माओवादी केन्द्रको बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । यसअघि माघ...

कमल थापालाई पुनः पार्टीमा र्फकन आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर जबराले कमल थापालाई पुनः राप्रपामा फर्कन आग्रह गरेका छन् । बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व अध्यक्ष जबराले थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताउँदै पुनः पार्टी फर्कन आग्रह गरेका हुन् । पूर्वअध्यक्ष राणाले अर्का...

आज नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं । आज साताको चौथौ दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घट्दा २ हजार ८०१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो । सो बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी रहेको छ । बैठकमा जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल...

त्रिविमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै संचालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो...

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

काठमाडौँ । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर आज दुर्घटना भएको हो । रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर...

नवोदयमा कफी हाउस कार्यक्रम सुुरु

मकवानपुर । गत वर्षझैँ यस वर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । बुधबार कक्षा ७, ८ र ९ क सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रम मार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका...

शेखर कोइरालाले प्रचण्डलाई भने – कुनै हालतमा पनि चुनावमा गठबन्धन हुँदैन

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । नेता कोइरालाले आज प्रचण्डसंगको भेटमा आफु गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे । कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका...

मकवानपुरमा पछिल्लो १० दिनमा ठूलो परिमाणमा लागूऔषध बरामद, ४ जना पक्राउ

मकवानपुर । मकवानपुरमा पछिल्लो १० दिनमा लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको र उनीहरुको साथबाट ठूलो मात्रामा गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्सलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले माघ १६ गतेदेखि २६ गतेसम्मको अवधिमा लागुऔषध गाँजा १५१ किलो, डाईजेपाम २...

वाइसीएल मकवानपुरको संयोजकमा ठकुरी

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले उनलाई मकवानपुर संयोजक चयन गरेको हो । यसअघि वाइसीयल मकवानपुरको सचिव रहेका उनी हेटौंडा ४ निवासी हुन् । उनी वाइसीयलको विभिन्न जिम्मेवारीमा एक दशकदेखि सक्रिय रहेका...