नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १५:२६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो । सो बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी रहेको छ । बैठकमा जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल हुने एक नेताले बताए ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई पनि समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । यसैगरी, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।