समाचार
बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने भएको छ । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेको जानकारी दिए । संघीय सरकारले पनि...
राजनीतिक नियुक्ति खारेज गर्ने बागमती प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले विगतका सरकारले गरेको राजनीतिक नियुक्तिहरु एक साताभित्रै खारेज गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । प्रवक्ता खनालले प्रक्रियागत विषय नटुङग्याउदा कानुनी...
६ दिनदेखि बेपत्ता भएका युवक मृत फेला
काठमाडौं । ६ दिनदेखि बेपत्ता भएका काठमाडौं गोकर्णेश्वरका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् । भण्डारी गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । भण्डारी...
थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २ हजार ४०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन्...
एसईई परीक्षा बैशाख ९ गतेदेखि हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाख ९ गतेदेखि संचालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई बैशाख ९ गतेदेखि २० गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको...
एमसीसी सम्झौताविरुद्ध हेटौंडामा र्यालीसहितको प्रदर्शन
मकवानपुर । अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विभिन्न राजनीति दलहरुले बुधबार हेटौंडामा र्यालीसहितको विरोध प्रदर्शन भएको छ । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुरले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो...
नवोदयमा कफी हाउस कार्यक्रम सुुरु
मकवानपुर । गत वर्षझैँ यस वर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । बुधबार कक्षा ७, ८ र ९ क सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रममार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका थिए...
मकवानपुरका थप ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ८३ पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घट्दो छ । जिल्लामा बुधबार ८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सो अवधिमा २२ जनाको पीसीआर विधिबाट...
मकवानपुरमा १७ जना कुष्ठ रोगीका बिरामी थपिए
मकवानपुर । मकवानपुरमा ६ महिनाको अवधिमा १७ जना कुष्ठ रोगीका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनाल हेटौंडामा क्षयकुष्ठ अधिकृत जितेन्द्र कर्णका अनुसार, जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १७ जना कुष्ठ रोगीका बिरामी थपिएका हुन् । जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । सबैभन्दा...
हेटौंडामा वनका प्रतिनिधिहरुको आन्दोलन
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वनका प्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् । वनका प्रतिनिधिहरु बुधबार ‘सामुदायिक वनको स्वायत्तता कायम गरियोस्’ भन्दै हेटौंडामा आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा सामुदायिक वन उपभोक्ताका प्रतिनिधिहरुले कालोपट्टी र कालो कपडा लगाएर सडकमा उत्रिएका थिए । उनीहरुले...









