समाचार

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त आह्वान

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । महाप्रबन्धकको पद रिक्त भएको एक महिना पुग्नै लाग्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रवन्धक नियुक्तिका लागि गठन गरेको सिफारिस समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै दरखास्त आह्वान गरेको हो । प्रेम शंकर सिंहको कार्यकाल पुस मसान्तमा सकिएपछि...

बुधबार नेप्सेमा २२ अंकले गिरावट

काठमाडौं । आज साताको चौथो दिन बुधबार पनि नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ अंकले घटेर २ हजार ८१३ दशमलव ४७ विन्दुमा पुगेको छ । यसअघि मंगलबार नेप्से परिसूचक १६ अंकले घटेको थियो । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच...

नगद ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना रहेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष...

हेटौंडाको बुद्धचोकमा कोभिड विरुद्धको खोप लगाइँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा आजबाट कोरोना विरुद्धको खोप अभियान संचालन गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको...

एमाले चितवनको अध्यक्षमा न्यौपाने

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । एमाले चितवनको १० औं अधिवेशन उद्घटन भएको एक महिनापछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । अध्यक्षमा न्यौपाने चयन भएपनि औपचारिक घोषणा भने हुन...

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद...

७ हजार ३४४ जना प्रहरी जवानको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि जवानहरूको सरुवा हुन...

एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने

सौल, दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया (एनआरएनए कोरिया) ले नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा नेपालमा लगानीको अवस्था र सम्भावनाबारे अन्तरक्रिया गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीसमेतको आतिथ्यतामा ‘श्रमको सम्मान,...

कारको ठक्करबाट बालककोे मृत्यु

काठमाडौं । काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर स्थानीय ३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीयन पाण्डे रहेका छन् । कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।...

इमर्जिङ नेपालको आइपीओ आजबाट खुल्ला

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुल्ला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण...