बुधबार नेप्सेमा २२ अंकले गिरावट
काठमाडौं । आज साताको चौथो दिन बुधबार पनि नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ अंकले घटेर २ हजार ८१३ दशमलव ४७ विन्दुमा पुगेको छ । यसअघि मंगलबार नेप्से परिसूचक १६ अंकले घटेको थियो ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचक नै आज राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा निर्जीबी बीमा र जीवन बीमा समूहको १९८ रुपैइाँ ७५ पैसा र १५४ रुपैयाँ ३४ पैसाले घट्न पुगेको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा लिबर्टी इनर्जी कम्पनी रहको छ । कम्पनीको शेयर आज ३.०८ प्रतिशतले बढेको हो । यस्तै, आज बुद्धभुमि नेपाल हाइड्रोपावरले सर्वाधिक गुमाउन पुगेको छ । कम्पनीको आज ६.६४ प्रतिशतले बढेको हो ।
