कारको ठक्करबाट बालककोे मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार ०९:१०

काठमाडौं । काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर स्थानीय ३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा श्रीयन पाण्डे रहेका छन् । कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा राति साढे ९ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले कारसहित चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवशयक अनुसन्धान गरिरहेको छ ।