कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् । कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।
