समाचार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका–११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र...

भोलिदेखि इमर्जिङ नेपालको आइपीओ खुल्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन अवधि आज बन्द हुँदैछ । त्यसलगत्तै इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका...

बुधबारसम्म कोभिड खोपको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो । समितिका संयोजक डा गुणराज लोहनीका अनुसार,...

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, एमालेले अवरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बिहिबार बस्ने भएको छ । विभिन्न कारण लामो समयदेखि स्थगित हुँदै आएको बैठक भोलि दिनको १ बजे बस्ने तयारी भएको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित...

कमल थापाले पार्टी छोड्नु अनपेक्षित – लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले आज गृह जिल्ला मकवानपुरबाट आफु राप्रपाको कुनै पनि पदमा नरहने भन्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । थापाले राप्रपा परित्याग गर्नु अनपेक्षित र दूर्भाग्यपूर्ण भएको उनले...

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको...

राजनीतिमा कमल थापाको भविष्य छैन – इन्द्रबहादुर बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कलम थापाको राजनीतिक भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राप्रपाको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बालाई कांग्रेसमा प्रवेश गराउँदै बानियाँले थापाको राजनीति भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन्...

पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा त्यागे

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । आज गृह जिल्ला मकवानपुरबाट उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । थापाले आफुलाई सहयोग गर्ने पार्टीका सबै नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । उनले भने ‘पार्टीको विभिन्न पदमा रहेर काम...

नयाँ दल खोल्ने तयारीस्वरुप हेटौंडा आए कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापा नयाँ दल खोल्ने तयारीस्वरुप गृह जिल्ला मकवानपुर आएका छन् । राप्रपा स्रोतका अनुसार थापाले गृह जिल्लाबाटै नयाँ दल घोषणा गर्न आवश्यक तयारी सम्पन्न गरिसकेका छन् । राप्रपा महाधिवेशनबाट थापा केन्द्रीय अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसंग झिनो मतान्तरले पराजित भएका...

कमल थापाले स्वार्थ त्याग्न नसक्दा राप्रपा त्याग्न बाध्य भयौँ –नेतृ जिम्बा

मकवानपुर । राप्रपा मकवानपुरकी नेतृ लक्ष्मी जिम्बाले मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दै राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाकै कारण आफु राप्रपा त्याग्न बाध्य भएको बताएकी छिन् । थापाले व्यक्तिगत स्वार्थ त्याग्न नसक्दा आफु जस्तै सयौँ कार्यकर्ता राप्रपा त्याग्न बाध्य भएको उनको भनाई छ । ‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक...