समाचार

फागुन १ देखि मकवानपुरका शैक्षिक संस्था खुल्ने

मकवानपुर । मकवानपुरका विद्यालय तथा शैक्षिक संस्थाले फागुन १ गतेबाट भौतिक उपस्थितिमा नै पठनपाठन क्रियाकलाप संचालन गर्न पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमको कारण अनलाइनमार्फत् कक्षा संचालन गर्दै आएका विद्यालयहरु आउँदो फागुन १ बाट पूर्ण रुपमा खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले अनुमति दिएको छ । आज प्रमुख जिल्ला...

हेटौंडामा सवारी दुर्घटना, चाइनाक्वाटर निवासी घिमिरेको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा– चाइनाक्वाटरका ४० बर्षीय अर्जुनप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले तु खबरलाई जानकारी दिएका छन् । उनका अनुसार सोमबार दिउँसो वीरगंजबाट...

श्रीकृष्ण प्रणामी मन्दिर सुन्दरधाममा लत्ताकपडा सहयोग

मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिर सुन्दरधाममा लत्ताकपडा सहयोग गरिएको छ । प्रणामी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णुप्रसाद वाग्लेले आफ्नो स्वर्ण जन्म जयन्तीको अवसरमा मन्दिरमा सहयोग गरेका हुन् । मन्दिरमा आगन्तुक भक्तजनका लागि आवासको निम्ति आवश्यक पर्ने लत्ताकपडा वाग्लेले उपलब्ध गराएका हुन् । सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका...

भोलिबाट बागमती प्रदेशभर पिपिआर विरुद्ध खोप अभियान संचालन हुने

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहब्यापी खोप अभियान संचालन गर्न लागिएको जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार माघ २५ गतेबाट...

कोरोनाका कारण थप १३ जनाको मृत्यु, १५७० संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको वैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले जेठको ४ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । वैशाख ३० गते निर्वाचन गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँडलाई...

विद्युतको पोलबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ । ताप्लेजुङमा विद्युतको पोलबाट खसेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङलिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८...

मन्त्रिपरिषद् बैठक सुरु, स्थानीय निर्वाचन र एमसीसीबारे छलफल हुँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । ३ बजेको लागि आह्वान गरिएको बैठक केही ढिलो गरी सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणा छलफल गर्ने बताइएको छ । त्यस्तै एमसीसीको विषयमा पनि छलफल...

खुकुरी प्रहार गरी २ जनाको हत्या गरेको अभियोगमा विजयबहादुर पक्राउ

काठमाडौँ । प्रहरीले हत्याको अभियोगमा सिन्धुपाल्चोक निवासी विजयबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ...

यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र काल गतीले मृत्यु...