समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि...

विप्लव निकट जनवर्गीय संगठनद्वारा हेटौंडामा चक्काजाम

मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा हेटौंडामा चक्काजाम गरेका छन् । उनीहरुले एक घण्टासम्म चक्काजाम गरेर विरोध गरेका हुन् । उनीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बाइपासमा प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले पेट्रोलियम...

सात महिनापछि बालुवाटार जाँदै ओली

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बालुवाटार जान राजी भएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्न बालुवाटार जान लागेका हुन् । यसबीचमा देउवाले दुई पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाएका...

सिंहदरवार नजिक कालो बेलुन उडाउने तीन जना पक्राउ

मकवानपुर । प्रहरीले सिंहदरबार अगाडि कालो बेलुन उडाउने ३ जनालाई पक्राउ गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाई गरेको विरोधमा सिंहदरबार अगाडि युवा संघका कार्यकर्ताले विरोधस्वरुप कालो बेलुन उडाएका थिए । उनीहरुले सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेका थिए ।...

मन्त्री थपेको भन्दै प्रदेश १ मा विरोध प्रदर्शन

विराटनगर । प्रदेश नम्वर १ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन र युवा संघमा आवद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । आज कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै बिहानैदेखि उनीहरूले प्रदर्शन गरिरहेका छन् । प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा...

हिउँले कठ्यांग्रिएर थप एक जनाको मृत्यु

जुम्ला । हिउँले कठ्यांग्रिएर जुम्लामा एक थप एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्वर ७ वारा गाउँका ४२ बर्षका मुन रावतको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । यसअघि तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक...

भारतीय चर्चित गायिका लता मंगेशकरको निधन

मकवानपुर । भारतीय चर्चित गायिका लता मंगेशकरको आज निधन भएको छ । स्वर कोकिलाको रुपमा परिचित उनको आज ९२ बर्षको उमेरमा निधन भएको हो । उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् । भारतका...

आजदेखि मौसममा सुधार आउने

मकवानपुर । आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने छ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो । मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात...

आज श्रीपञ्चमी, देशैभर सरस्वतीको पूजा गरेर मनाइँदै

मकवानपुर । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गरेर मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिर तथा विद्यालय, पाठशालाहरुमा पूजा गर्नेहरुको चहलपहल छ । कोरोना संक्रमणको जोखिमका कारण भौतिक उपस्थितिमा पठनपाठन संचालनमा रोक लगाइएको विद्यालयहरुमा पनि आज विहानैदेखि विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा पुजाआजा भइरहेको छ...

२ दिनदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ आइतबार विहानैबाट सुचारु

मकवानपुर । हिमपातका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ आइतबार विहानैबाट संचालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ र अघोर क्षेत्रमा भारी हिमपात भएपनि शुक्रबार विहानैबाट राजमार्ग अवरुद्ध बनेको थियो । सडकमा डेढ फिटसम्म जम्नेगरी हिउँ परेपछि सवारी दुर्घटनाको जोखिम बढेको भन्दै यातायात संचालनमा रोक लगाइएको थियो । शुक्रबार...