समाचार
मकवानपुरमा हिउँ खेल्ने क्रममा ज्यान गुमाएका युवकको सनाखत
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा शनिवार ज्यान गुमाएका युवकको सनाखत भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला निवासी ३४ बर्षीय प्रज्ज्वल पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । प्रहरीका अनुसार मृतक पोखरेल आफ्ना साथीहरुसंग हिउँ...
सिमल्टारका भूमिहिनले जग्गाको लालपूर्जा पाउँछन् – दाहाल
मकवानपुर । भूमि व्यवस्था आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहालले भूमिहिन, दलित, विपन्न तथा सुकुम्वासीलाई आफ्नै पहलमा जग्गाको लालपूर्जा उपलब्ध गराउने बताएका छन् । शनिवार सिमलटार टोल विकास संस्थाको आयोजनामा भएको भूमि सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले आफ्नै कार्यकालमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘साँच्चै...
मकवानपुरमा हिउँ खेल्ने क्रममा एक युवकको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा शनिवार एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी टोली घटनास्थल तर्फ गइरहेको छ । मृतकको विवरण खुलिनसकेको उनले बताए । ‘हाम्रो टोली घटनास्थलतर्फ गइरहेको छ...
थप १,७१४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप एक हजार ७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा...
बेमौसमी वर्षाका कारण ५ जनाको मृत्यु, ११ जना घाइते
काठमाडौं । देशभर बिहिबार शुक्रबार परेको अविरल वर्षाका कारण पाँच जनाको ज्यान गएको छ । यही माघ २१ गतेदेखि २२ गते बिहानसम्म परेको वर्षाका कारण पाँच जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणले जनाएको छ । मृत्यु हुनेमा धनुषाका दुई जना, सुर्खेतका एक जना, सल्यानका एक...
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ग १ ज ५९३९ नम्वरको जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेर...
विद्युत प्राधिकरणका कर्मचारी मृत फेला
धनगढी । विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत अवस्थमा फेला परेका छन् । कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, गत २० गतेदेखि बेपत्ता...
स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख कांग्रेसमा प्रवेश
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख शाह शनिबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले पार्टीमा स्वागत गरेका थिए । यसअअघि नेकपा...
मधेस प्रदेश : तीन जिल्लामा एमाले अधिवेशनको मिति तय
धनुषा । नेकपा एमालेले मधेस प्रदेशको तीन जिल्लामा अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बसेको बैठकले सर्लाही, धनुषा र महोत्तरीको एमाले अधिवेशनको मिति तय गरेको हो । बैठकले सर्लाहीको फागुन ७ र ८ गते, धनुषाको ९ र १०, महोत्तरीको फागुन ११ र १२ जिल्ला अधिवेशन...
भारतमा १ लाखभन्दा बढी संक्रमित थपिए
भारत । भारतमा थप एक लाख २७ हजार ९५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल सङ्क्रमितको संख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार...







