मधेस प्रदेश : तीन जिल्लामा एमाले अधिवेशनको मिति तय

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १५:४६
file-photo

धनुषा । नेकपा एमालेले मधेस प्रदेशको तीन जिल्लामा अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बसेको बैठकले सर्लाही, धनुषा र महोत्तरीको एमाले अधिवेशनको मिति तय गरेको हो ।

बैठकले सर्लाहीको फागुन ७ र ८ गते, धनुषाको ९ र १०, महोत्तरीको फागुन ११ र १२ जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो । आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउँदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।