विद्युत प्राधिकरणका कर्मचारी मृत फेला
धनगढी । विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत अवस्थमा फेला परेका छन् । कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार, गत २० गतेदेखि बेपत्ता भएका उनी शुक्रबार साँझ सोही ठाउँको सैरेने गडामा पल्टेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थल कार्य गरेर उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
