स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १५:५८

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख शाह शनिबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले पार्टीमा स्वागत गरेका थिए । यसअअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि माओवादीमा प्रवेश गर्ने चर्चा रहेका उनी त्यसयता मौन रहँदै आएका थिए । शाह लामो समय स्वतन्त्रबाट राजनीति गर्दै आएका थिए ।