समाचार
मकवानपुरमा आज १० जना थपिए, २५ जनाले कोरोना जिते
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका संक्रमित थपिएका छन् भने २५ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा संक्रमणकै कारण एक जनाको पनि मृत्यु भएको छैन । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १०...
मन्त्री मोक्तानद्वारा विकास निर्माणको अनुगमन
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चितवन जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन गरेकी छिन् । उनले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एक दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको अनुगमन गरेकी हुन् । मन्त्रालय अन्तरगत निर्माणाधिन तथा संचालित विद्यालय र...
मकवानपुर प्रहरीद्वारा २९ बिगाह गाँजा र २१ बिगाह अफिम खेती नष्ट
मकवानपुर । प्रहरीले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको लागुऔषध गाँजा र अफिम खेती फडानी गरेको छ । ‘लागुऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम’ अन्तर्गत लागूऔषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त...
सुनको भाउ बढ्यो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको...
कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता...
मुख्यमन्त्री पाण्डे फिल्डमा, प्रदेशसभा भवन चैत्रभित्र निर्माण गरिसक्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चैत्रभित्र प्रदेशसभाको सभाहल निर्माणको कार्य सम्पन्न गरिसक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पाण्डेले आइतबार दिउँसो प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाह, मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनीयर, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसहित फिल्डमा पुगेर...
सवारी दुर्घटनामा परी हेटौंडाका जेठा दाइको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा १० निवासी बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को मृत्यु भएको छ । आइतबार दिउँसो पूर्वपश्चिम सडकखण्ड अन्तरगत उक्त स्थानमा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्वर प्लेट एनएल –०१...
पशुपतिनाथका अनुशासित विद्यार्थी पुरस्कृत
मकवानपुर । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले सरस्वती पूजाको अवसर पारेर अनुशासित विद्यार्थी पुरस्कृत गरेको छ । कक्षा ८ मा अध्ययनरत शोभित बस्नेत र कक्षा ९ मा अध्ययनरत सुस्मिता जिम्बालाई नगदसहित प्रशंशापत्र प्रदान गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाअध्यक्ष धु्रब...
लागूऔषध कारोबारमा संलग्न हेटौंडाकी नानीमाया खत्रीका श्रीमान् पनि पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा थप एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौंडा–१९ बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका वडा नम्वर स्थायी घर भएकी २९ वर्षीया नानीमाया खत्रीलाई ७ सय ९८ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो । प्रहरीले...
पछिल्लो २४ घण्टामा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३...










