मकवानपुर प्रहरीद्वारा २९ बिगाह गाँजा र २१ बिगाह अफिम खेती नष्ट
मकवानपुर । प्रहरीले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको लागुऔषध गाँजा र अफिम खेती फडानी गरेको छ । ‘लागुऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम’ अन्तर्गत लागूऔषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको लागुऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।
प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा जम्मा २९ बिगाह १० कठ्ठा अवैध लागुऔषध गाँजा, २१ बिगाह अफिम खेती फडानी तथा २०० किलो बराबरको काटी सुकाई राखेको लागूऔषध गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । प्रहरी निरीक्षक सुमन बाँनियाको कमाण्डमा एक जना प्रहरीको टोलीले अवैध लागुऔषध गाँजा तथा अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
