समाचार

बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी जिम्बासहित राप्रपाका ६० जना कांग्रेस प्रवेश

मकवानपुर । बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।...

जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि बिक्री खुल्ला गरेको उक्त आइपिओमा आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उनका अनुसार, मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय...

आजबाट बागमती प्रदेशभर पिपिआरविरुद्ध खोप अभियान सुरु

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आजबाट पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार,  आजबाट फागुन २ गतेसम्म प्रदेशको १३ वटै जिल्लामा एकैसाथ खोप  अभियान संचालन गर्न लागिएको  हो । उनले सम्बन्धित जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा...

नेपाल–कोरिया हवाई उडान संचालनको माग

काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान संचालन गर्न माग गरेका छन् । कल्चर सेनटरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष हवाई उडान संचालन गर्न माग गरेका हुन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै...

मकवानपुरको तीन स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शुन्य

मकवानपुर । मकवानपुरको तीन वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको राक्सिराङ, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको हो । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको दर घटेको छ । सोमबार ६० जनाको पीसीआर र एन्टीजेन...

दुर्घटनामा मकवानपुरका मोक्तान घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ रजैयामा गएराति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति २१ः४५ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२०३१ प ५९०० नम्वरको मोटरसाइकललाई युपी ५२ बीबी ९९१० नम्वरको भारतीय कारले ठक्कर दिँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

निर्वाचन आयोग : मतदाता नामावली संकलन आजदेखि स्थगित

काठमाडौं । स्थानीय निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति तयसँगै आयोगले आज (मंगलबार) बाट लागू हुने गरी मतदाता नामावली संकलनको काम स्थगित गरेको हो । आयोगका प्रवक्ता शालिकराम शर्माले निर्वाचन आचारसंहिताअनुसार देशभर...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु /कुहिरो रहेको छ । मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।...

दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदमा दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । मन्त्रालयले कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने जनाएको...

यूएई र साउदीमा अलपत्र परेका नेपालीको उद्दार

काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका ८ जना नेपालीलाई उद्दार गरी स्वेदश ल्याइएको छ । उनीहरुलाई सोही म्यानपावरले उद्दार गरी स्वदेश ल्याएको हो । भिजिट भिसामा यूएई पुर्याई उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार...