मकवानपुरमा आज १० जना थपिए, २५ जनाले कोरोना जिते
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका संक्रमित थपिएका छन् भने २५ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा संक्रमणकै कारण एक जनाको पनि मृत्यु भएको छैन । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १० संक्रमितसहित हालसम्म मकवानपुरमा संक्रमितको संख्या १७ हजार ७ सय ४७ पुगेको छ । भने १७ हजार ६ सय १४ जना उपचार पछि निको भएका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १७१ रहेको छ । हालसम्म जिल्लाका २ लाख २८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएको पनि स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

