लागूऔषध कारोबारमा संलग्न हेटौंडाकी नानीमाया खत्रीका श्रीमान् पनि पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २३, आईतवार १६:५४

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा थप एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौंडा–१९ बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका वडा नम्वर स्थायी घर भएकी २९ वर्षीया नानीमाया खत्रीलाई ७ सय ९८ एम्पुल लागूऔषधसहित पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासका अनुसार हिजो शनिवार नै सोही महिलाको श्रीमान् सुवास खत्रीलाई पक्राउ गरिएको हो । उनीहरुको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र कारोबारमा संलग्न अन्यलाई पनि पक्राउ गरिने प्रहरी निरिक्षक दासले बताए ।