दुई जना विद्यार्थी प्रहरीद्वारा पक्राउ
एसईईमा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएका नक्कली परिक्षार्थीलाई हेटौंडामा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका – १० स्थित सोलिड्यारेटी मा।बि परिक्षा केन्द्रमा अर्काको नामको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएको नक्कली परिक्षार्थी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौडास्थित हेटौडा स्कुल अफ मेनेजमेन्टमा कक्षा ११ मा अध्यनरत बिराज बि।क। रहेका छन।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा वि।क।ले हेटौंडा उपमहानगरपालिका – १२ बस्ने अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएकोले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
