हिउँले कठ्यांग्रिएर थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २३, आईतवार ११:५५
सांकेतिक तस्वीर

जुम्ला । हिउँले कठ्यांग्रिएर जुम्लामा एक थप एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्वर ७ वारा गाउँका ४२ बर्षका मुन रावतको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । यसअघि तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

विहिबार रातिदेखि देशका विभिन्न भू–भागमा मौसम बद्ली भई अधिकाँश स्थानमा हिमपात तथा बर्षा भएको थियो । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बन्न पुगको हो । तर शनिवारबाट भने मौषममा सुधार आएको छ । यससँगै अब तापक्रम पनि बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।