सिंहदरवार नजिक कालो बेलुन उडाउने तीन जना पक्राउ
मकवानपुर । प्रहरीले सिंहदरबार अगाडि कालो बेलुन उडाउने ३ जनालाई पक्राउ गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाई गरेको विरोधमा सिंहदरबार अगाडि युवा संघका कार्यकर्ताले विरोधस्वरुप कालो बेलुन उडाएका थिए । उनीहरुले सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेका थिए ।
युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिकोसमेत विरोध गरेको छ । स्थानीय तह र मूल्य वृद्धिको विरोध गर्ने युवा संघका तीनजना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ ।
