कोरोनाका कारण थप १३ जनाको मृत्यु, १५७० संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ माघ २४, सोमबार १८:२७
file-photo

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४ सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ गरी एक हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।