बुधबारसम्म कोभिड खोपको विवरण उपलब्ध गराउन निर्देशन

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १५:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो ।

समितिका संयोजक डा गुणराज लोहनीका अनुसार, छानबिन समितिले ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको हो । मन्त्रालयले खोपको एकीन तथ्याङ्क नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।