नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १४:४१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री शमाले बताए । उनका अनुसार, बैठकमा यसबाहेक भ्रातृ संस्थाका अधिवेशन र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुने जनाइएको छ।