कमल थापाले पार्टी छोड्नु अनपेक्षित – लिङ्देन

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १४:४३
file-photo

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले आज गृह जिल्ला मकवानपुरबाट आफु राप्रपाको कुनै पनि पदमा नरहने भन्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । थापाले राप्रपा परित्याग गर्नु अनपेक्षित र दूर्भाग्यपूर्ण भएको उनले बताए ।

थापाकोे विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको र सल्लाह सुझावका आधारमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित भएको लिङ्देनको भनाई छ । थापाले आज गृह जिल्ला मकवानपुरको हेटौंडा पत्रकार सम्मेलन आयोजना गरी राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । उनले नयाँ दल खोल्ने संकेतसमेत गरेका छन् । दलको नाम र एजेण्डाबारे भने उनले कुनै प्रतिक्रिया दिएनन् ।