हेटौंडामा वनका प्रतिनिधिहरुको आन्दोलन
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वनका प्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् । वनका प्रतिनिधिहरु बुधबार ‘सामुदायिक वनको स्वायत्तता कायम गरियोस्’ भन्दै हेटौंडामा आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा सामुदायिक वन उपभोक्ताका प्रतिनिधिहरुले कालोपट्टी र कालो कपडा लगाएर सडकमा उत्रिएका थिए । उनीहरुले प्रशारणलाइन लगायतका विकास आयोजनाबाट भएको क्षतिवापत समुहलाई क्षतिपुर्ती दिनुपर्ने, वन पैदावार समुहलाई हस्तान्तरण गर्नुपर्ने, प्रदेश वन ऐनमा भएको सामुदायिक वन विरोधी व्यवस्थापन खारेज गर्नुपर्ने, जिल्ला वन पैदावार आपुर्ती समिति खारेज गर्नुपर्ने, सामुदायिक वन उपभोक्ता समुहको स्वायत्ततालाई लोकतान्त्रिकरण गर्नुपर्ने, सामुदायिक वनमा लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, वन्यजन्तु आंतक नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका थिए ।
