माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १६:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ अर्थात भोलिको लागि बोलाइएको माओवादी केन्द्रको बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने बताइएको थियो । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट पटक–पटक स्थगित हुँदै आएको छ । बैठक स्थगित भएसँगै माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो ।