शेखर कोइरालाले प्रचण्डलाई भने – कुनै हालतमा पनि चुनावमा गठबन्धन हुँदैन

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १२:२१
file-photo

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । नेता कोइरालाले आज प्रचण्डसंगको भेटमा आफु गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे । कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रचण्डले चुनावी गठबन्धनको प्रस्ताव राखेको भएपनि कोइरालाले सरकार गठबन्धन गर्न सकिने तर चुनावमा नसकिने बताएको कांग्रेस स्रोतले बताएको छ । डा. कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो । कांग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।