कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने
काठमाडौं । कमल थापा नेतृत्वको पक्षले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । बिहिबार राजधानीमा बसेको थापा पक्षको बैठकले सो निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए ।
उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए । पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् । थापाले मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर राप्रपा पार्टी परित्यागको घोषणा गरेका थिए ।
