लुम्बिनी सरकार : प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रदेश स्थापना दिवस मनाउन लागिएको हो
कोभिड–१९ सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् । बागमती प्रदेशले भने यसवर्षदेखि प्रदेश स्थापना दिवस नमनाउने निर्णय गरेको छ । प्रदेशको गत बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेको हो ।
