समाचार
बारले आजदेखि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने
काठमाडौँ । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजबाट आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाका कारण रोकिएको आन्दोलन आइतबारदेखि भौतिक रुपमै सुरु गर्न लागिएको बारले जनाएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि भौतिक रुपमा नै आन्दोलन गर्ने...
धनुषामा थन्काएर राखिएको रेल आदेखि कुदाइँदै
धनुषा । स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन गरिने भएको छ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । नेपाल रेल्वे कम्पनीका अनुसार रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना भने छैन । आज बिहान १० बजेपछि इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा...
लुटपाटमा संलग्न दुई भारतीय नागरिक पक्राउ
बाँके । बाँके प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जानकी गाउँपालिका–५ बुढियागाउँबाट शनिबार १ थान कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने...
विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १०५ जना एमालेमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाका १ सय ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् । राप्रपा हेटौंडा उपमहानगरपालिका–८...
सर्वोच्च अदालतले आजबाट सबै सेवा प्रवाह गर्ने
काठमाडौं । सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै सेवा प्रवाह गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक कटौती गरेका सवै सेवा आजबाट संचालन गर्न लागेको हो । गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक...
बकैयामा बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव मनाइयो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री घोषणा भएको प्रथम वार्षिकोत्सव मनाएको छ । गाउँपालिकाले शनिबार बाल सञ्जाललाई खेल सामग्री वितरण, बालअधिकार संरक्षणमा क्रियाशील व्यक्तिलाई सम्मान गर्नुका साथै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बालमैत्री घोषणाको प्रथम वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद...
मकवानपुरका शैक्षिक संस्था आजबाट संचालनमा
मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएको मकवानपुरका शैक्षिक संस्था आजबाट संचालनमा आएको छ । कोभिड–१९ का कारण झन्डै एक महिना बन्द भएको शैक्षिक संस्था आजबाट संचालनमा आएको हो । सरकारले कोरोना अवस्था हेरेर विद्यालय र शैक्षिक संस्था खोल्न स्थानीय तहलाई अनुमति दिएसँगै मकवानपुर प्रशासन र स्थानीय...
आजको मौसम : सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो रहेको छ। महाशाखाले आज देशभर...
फागुन ४ मा राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गते अर्थात बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ खुल्ला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने...
मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते अर्थात आज सार्वजनिक विदा दिने घोषणा गरेको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । मधेश...










