विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १०५ जना एमालेमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाका १ सय ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
राप्रपा हेटौंडा उपमहानगरपालिका–८ का सचिव विजय खतिवडा, तरुण दलका वडा सदस्य विधान कार्की, दिपेन्द्र मोक्तान, कांग्रेस कार्यकर्ता तथा व्यवसायी बलराम थापा, अर्जुन खतिवडा, रोशन कार्कीलगायत पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ लगायतले पार्टीमा स्वागत गरेका थिए ।
एमाले हेटौंडा–८ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्य नबराज तिमल्सीना, एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य गणेश कुमारी श्रेष्ठ, एमाले जिल्ला कमिटीका सदस्य तथा उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, नगर कमिटीका सचिव बोलबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।
