समाचार

आज हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन हुने

मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज (आइतबार) एमसीसीविरुद्ध प्रदर्शन गरिने भएको छ । मध्यान्ह १२ बजे हेटौंडाको शितलमहलचोकबाट सुरु हुने प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा फर्किएर सभामा परिणत गर्ने आयोजकको तयारी छ । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा...

कांग्रेस मकवानपुर अधिवेशनः शीर्ष नेताहरु लामिछानेको नेतृत्वमा सहमति जुटाउँदै

मकवानपुर । कांग्रेस मकवानपुरको अधिवेशन आगामी फागुन १३ गतेको लागि तय भएसँगै यहाँको राजनीति गर्माएको छ । सभापति पदमा ४ जना आकाँक्षी देखिएपछि पार्टीको नेतृत्व कसले गर्ला भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ । हालसम्म पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम...

टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित

काठमाडौँ । चार देशीय टी–२० सिरिज अन्तरगतको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन मात्र बनाएको हो । नेपालका लागि दिपेन्द सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए भने...

खेलकुद महासंघ मकवानपुरद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरी वार्षिक कार्यक्रम सावजनिक गरेको हो । महासंघ मकवानपुरका संयोजक सविन मोक्तानले सार्वजनिक गरेको उक्त कार्यक्रम अनुसार, संघले २०७८ सालको फागुन र चैत्र महिनामा  ५ वटा प्रतियोगिता संचालन...

२४ घण्टामा थपिए ८३६ संक्रमित, भए १८२६ डिस्चार्ज

काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ६५४ जनाको नमूना परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार...

फागुन ११ मा राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको बैठक फागनु ११ गते बस्ने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने जनाइएको छ । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा...

मकवानपुरमा ५ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा शनिबार ५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो...

हेटौंडा इन्फिल्डर्स मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । हेटौंडा इन्फिल्डर्स मकवानपुरले शनिबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इन्फिल्डर्स मकवानपुरले जिल्लामा रगत अभाव भइरहेको पाएपछि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रमा ६० जनाले रक्तदान गरेका इन्फिल्डर्सका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार, रक्तदान कार्यक्रममा नेपाल प्रहरी,...

कविता : धन

जन्मेपछि बाचुन्जेल चाहिने रहेछ धन म मरेर गएपछि किन चाहियो धन । मरेपछि पनि हामीलाई चाहिने रहेछ धन कृयाकर्म शैय्यादानलाई चाहिँदो रहेछ धन ।। आफ्नो भन्नु कोही छैन भगवानको भर पूर्वजन्मको कर्मफल भोग्नु पर्छ हेर ।। सन्तान भन्ने गर्भको नाता हुँदो रहेछ कोही ऋण तिर्न आउने, कोही ऋण लिन...

माओवादी केन्द्र थाहा नगरको अध्यक्षमा थिङ निर्वाचित

मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको अध्यक्ष पदमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ् निर्वाचित भएका हुन् । थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले...