कविता : धन

चन्द्रबहादुर श्रेष्ठ
२०७८ माघ २९, शनिबार १५:२७

जन्मेपछि बाचुन्जेल चाहिने रहेछ धन
म मरेर गएपछि किन चाहियो धन ।

मरेपछि पनि हामीलाई चाहिने रहेछ धन
कृयाकर्म शैय्यादानलाई चाहिँदो रहेछ धन ।।

आफ्नो भन्नु कोही छैन भगवानको भर
पूर्वजन्मको कर्मफल भोग्नु पर्छ हेर ।।

सन्तान भन्ने गर्भको नाता हुँदो रहेछ
कोही ऋण तिर्न आउने, कोही ऋण लिन आउने ।।

लेखाजोखा छैन यहाँ कति चाहिन्छ धन
जम्मा मात्र गर्ने धन, के को काम छ भन ।।

आउने मुहान मात्र छ, जाने निकाश छैन
आउने जाने हुनुपर्छ, नदी जस्तो बग्नुपर्छ ।।

खर्च मात्र गर्ने धन, लक्ष्मीको पनि हुन्न भर
आउने जाने हुनुपर्छ, शुद्ध हुन्छ धन ।।
लेखक : हेटौंडा–२ निवासी