खेलकुद महासंघ मकवानपुरद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार १७:२२

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरी वार्षिक कार्यक्रम सावजनिक गरेको हो । महासंघ मकवानपुरका संयोजक सविन मोक्तानले सार्वजनिक गरेको उक्त कार्यक्रम अनुसार, संघले २०७८ सालको फागुन र चैत्र महिनामा  ५ वटा प्रतियोगिता संचालन गर्ने भएको छ ।

जसमा आगामी फागुन २४ गते नारी दिवसको अवसमा महिलाहरुको ‘समानताको लागि दौड’ नामक ५ किलोमिटर दौड प्रताियेगिता, चैत्र १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ देखि १९सम्म सेभेन एसाईड फुटबल प्रतियोगिता, चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दि इएर घोषणा र पत्रकारलाई पुरस्कार दिने कार्यक्रम रहेको छ ।

यसैगरी, २०७९ सालको बैशाख ९ र १० गते जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता, सोही महिनामा राष्ट्रिय शिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तारीय बुद्धिचाल प्रतियोगिता, भदौ महिनामा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तरीय हिज्जे प्रतियोगिता कार्यक्रम संचालन हुनेछ ।