मकवानपुरमा ५ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार १६:२०
filr-photo

मकवानपुर । मकवानपुरमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा शनिबार ५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । आज जिल्लामा संक्रमणका कारण मृत्यु हुने र संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ ।