मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार ०९:२१

मकवानपुर । मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने भएको छ । क्रिकेट संघ मकवानपुरका प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी रविन गुरुङले उक्त एकेडेमी संचालनमा ल्याउने भएका हुन् । एकेडेमी संचालकका लागि अहिले खेलाडीहरु भर्ना गराउने तयारी भइरहेको बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए ।

कोभिड–१९ का कारण राम्ररी संचालन हुन नसकेका संघलाई थप गति दिन एकेडेमीको रुपमा संचालन गर्न लागिएको उनको भनाई छ । एकेडेमीमा खेलाडीहरुलाई हेटौंडा–४ स्थित हुप्रचौरमा बिहान र बेलुका गरी दुई समयमा प्रशिक्षण गराइने उनले जानकारी दिए । खेलाडीहरुलाई पुर्व राष्ट्रिय खेलाडीहरु रामनरेश गिरी र रविन गुरुङले प्रशिक्षण दिइनेछन् ।