समाचार
उद्योग व्यवसाय महासंघ मकवानपुरको अध्यक्षमा लिसेन बस्नेत
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरको अध्यक्षमा लिसेन बस्नेत चयन भएका छन् । महासंघको शुक्रबार भएको जिल्ला भेलाबाट बस्नेतको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै, महासंघको उपाध्यक्षमा सुवास ढुंगेल, सचिवमा विकास उप्रेती, सहसचिवमा सिताराम अधिकारी र सम्झना तिमल्सिना,...
क्यूपेक नेपालको आयोजनामा प्रभातफेरी
मकवानपुर । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम भएको छ । क्यूपेक मकवानपुरले सातौँ जिल्ला अधिवेशनको अवसरमा आज (शुक्रबार) प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । हेटौंडाको हुप्राचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारहुँदै हेटौंडा–५ स्थित पिप्ले पोखरा सामुदायिक वनको कार्यलयमा पुगेर...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा भृगु कार्की
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । आज भएको राप्रपा नेपाल मकवानपुरको संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी, बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति...
नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई २ हजार ५१ मतान्तरले पराजित गर्दै अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन् । घिमिरे ४ हजार ४ सय ३३ मत प्राप्त गर्दा निकतटम अधिकारीले २ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए ।...
टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजबाट प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्वर–५ स्थित भोजशिद्ध माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले खोप पूर्ण रुपमा सुरक्षित भएकोले ढुक्क भएर आफ्ना बालबालिकाहरुलाई...
हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य
काठमाडौं । काठमाडौंबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पोट अनिवार्य बोक्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ । कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि संसारका केही मुलुकले भने...
एकैपटक ६७३ जना प्रहरी निरीक्षकको सरुवा (नामावलीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको विभागले जनाएको छ । विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी...
हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाङका पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा...
हेटौंडाको मेयर बन्न पूर्वलडाकु ‘प्रलोक’ को कसरत
मकवानपुर । नेकपा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्ष प्रकाश पाण्डे (प्रलोक) ले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकाँक्षा व्यक्त गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने दावी गर्दै प्रलोक आन्तरिक कसरतमा जुटेका छन् । उनले आफू...
हतियारसहित ३ जना पक्राउ
पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीको टोलील लङरेन्ज दुईनाले बन्दुक एक थान...










