उद्योग व्यवसाय महासंघ मकवानपुरको अध्यक्षमा लिसेन बस्नेत

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १७:२०

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरको अध्यक्षमा लिसेन बस्नेत चयन भएका छन् । महासंघको शुक्रबार भएको जिल्ला भेलाबाट बस्नेतको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै, महासंघको उपाध्यक्षमा सुवास ढुंगेल, सचिवमा विकास उप्रेती, सहसचिवमा सिताराम अधिकारी र सम्झना तिमल्सिना, कोषाध्यक्षमा पृथ्वी नेपाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः भरत स्याङ्बो, अन्जन प्रधान, प्रकाश बस्नेत, अस्मित बर्तौला, रोनिल खनाल, जुली पुलामी मगर, अमृत कठायत, श्याम प्रसाद पहाडी, रमेश सापकोटा, रोहित पुडासैनी, दिपक कार्की र विदुर ढकाल रहेका छन् ।

भेलामा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, महासंघ केन्द्रीय सदस्य रजनी तिवारी, पार्टी जिल्ला सचिवालय सदस्य किशोर टन्डन, अनेरास्ववियु जिल्ला अध्यक्ष अरुण बर्तौलालगायतको सहभागिता रहेको थियो ।