समाचार

भीमफेदी गाउँपालिका: बहालवाला अध्यक्ष र उपाध्यक्षलाई नै एमालेले उम्मेदवार बनाउने

मकवानपुर । नेकपा एमाले भीमफेदी गाउँपालिकाले आसन्न स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ कमिटी बैठकले बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ मा...

बाघले बेपत्ता बनाएका धमलाको शव फेला

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका चितवनका एक वृद्धको शव फेला परेको छ । जिल्लाको खैरहनी नगरपालिका– १२ बस्ने ६५ वर्षीय रामप्रसाद धमलाको शव बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धमलालाई...

टिपर दुर्घटना हुँदा बास्कोटाको मृत्यु

काठमाडौं । काठमाडौंको नाङ्ले बजारमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा ४ ख ६३७९ नम्वरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बास्कोटा रहेका छन् ।...

४१५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५५ जनाको नमुना परी गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ तथा एन्टिजेन विधिबाट गरिएको...

थारु पत्रकार संघको कार्यसमिति चयन, अध्यक्षमा प्रदीपकुमार लेखी

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत चयन भएका छन् । नवलपुरको अमलटारीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), प्रदेश–१ उपाध्यक्षमा कुलदीप चौधरी (सुनसरी), मधेश उपाध्यक्षमा प्रतिमा चौधरी (बारा), बागमती...

कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार गरिएको छ । कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो । विस्तारित विभागको सह–संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक रहेका छन् ।...

कांग्रेसद्वारा हेटौंडा–१७ को वडाध्यक्षमा सत्यालको नाम सिफारिस

मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को वडाध्यक्षका लागि उद्धव सत्यालको नाम सिफारिस भएको छ । कांग्रेस हेटौंडा–१७ नम्वर इकाई समितिको बैठकबाट वडाध्यक्षका लागि सत्यालको नाम सर्वसम्मत सिफारिस गरिएको हो । हेटौंडा–१७ मा कांग्रेसबाट वडा सदस्यहरुको नाम समेत सिफारिस गरिएको...

भोलि देशभर सार्वजनिक विदा

मकवानपुर । भोलि आइतबार देशभर सार्वजनिक विदा हुने भएको छ । सरकारले रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को गत चैत्र २४ गते बसेको बैठकको निर्णय अनुसार, भोलि देशभर विदा दिन...

हेटौंडा १७ मा विवेकशीलको निर्वाचन परिचालन समिति गठन, संयोजकमा आचार्य

मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ ले स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको शुक्रबार सम्पन्न वडास्तरीय भेलाले सुमन आचार्यको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा अमोद भण्डारी, रविभक्त दाहाल, नविन विष्ट, निररमण रुपाखेती, मिलन ढकाल, सृष्ठि कठायत, सृष्ठि विश्वकर्मा,...

राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो, मासिक ४ लाखको आवेदन

काठमाडौं । नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । विभागका अनुसार, यसअघि परिचयपत्र बनाउनेको संख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेको...