समाचार

३५ किलो गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पूर्वपश्चिम लोगमार्ग सडकखण्डबाट ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ पर्नेमा जिल्ला चितवनको राप्ती नगरपालिका वडा नम्वर...

हेटौंडाका गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय सहदेव गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार, हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेलाई...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका– ८ बनगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ गुलरियाकी ३४ वर्षीया...

देशको अर्थव्यवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले आज (आइतबार) मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएका छ । एमालेले दिउँसो साढे १२ बजे ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, तीन जना पूर्व...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश...

सत्तारुढ गठबन्धन : आज निर्वाचन तयारी समितिको बैठक बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र...

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै पदमुक्त भएको बीसीले जनाएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेका थिए । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान...

वेतखोल्सी सामुदायिक वनको २१ औं साधारणसभा सम्पन्न

मकवानपुर । वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–९ को २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभा समूहका अध्यक्ष बासुदेव प्याकुरेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समूहको वार्षिक गतिविधिको जानकारी गराउँदै अध्यक्ष प्याकुरेलले समूहमा २ सय ६५...

मातृभूमि साहित्य समाजद्वारा विभिन्न विधाका व्यक्ति सम्मानित

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ जनालाई सम्मान गरेको छ । मातृभूमि मकवानपुरले शनिबार हेटौंडामा एक समारोहबीच संगीगकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान गरेको हो । २० हजार रुपैयाँ राशीका...

आज रामनवमी पर्व, देशैभर सार्वजनिक विदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आजका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र...