मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७८ चैत्र २७, आईतवार १०:२४
सांकेतिक तस्वीर

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका– ८ बनगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमाल रहेका छन् । दुर्घटनामा परे गम्भीर घाइते भएका प्रमिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन् । घाइते उनीहरुको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।