समाचार
मनहरीका बालबालिकालाई सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर– २ मा ट्याङ्की दमर बालविकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग उपलब्ध भएको छ । श्री सीता माध्यामिक विद्यालयको शाखाको रूपमा संचालनमा रहेको ट्याङ्की दमार बालविकास केन्द्रमा अध्ययनरत रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग उपलब्ध भएको हो । अष्ट्रेलियाका नागरिक...
सत्तामा रहेका दलले देशलाई संकटबाट जोगाउन केही योजना नबनाएको लिङ्देनको आरोप
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना...
हेटौंडा–१७ मा ज्येष्ठ नागरिक मञ्च गठन, अध्यक्षमा पुडासैनी
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर १७ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन गरिएको छ । आइतवार श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ गैरीगाउँमा सम्पन्न भएको वडा भेलाले यतिन्द्र पुडासैनीको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च गठन गरेको हो । समितिको सचिवमा बुद्धिनाथ न्यौपाने, कोषाध्यक्षमा चक्रधरी घिमिरे चयन भएका छन्...
१२२८ जना प्रहरी हवल्दारहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १ हजार २ सय २८ जना हवल्दारको सरुवा गरेको हो । बैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा...
झापामा चट्याङ लागेर थापाको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनसार, घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा...
२७४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८ सय जनाको पीसीआर परीक्षण गर्दा...
एकीकृत समाजवादीद्वारा निर्वाचन कमिटी गठन
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी निर्माण गरेको हो । जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार...
हेटौंडाका एक युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वती बस्ने २२ को सन्देश ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । ब्लोनलाई विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक...
‘जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्र नेतृत्वमा पुग्नुपर्छ’
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको सहायक संगठन योङ कम्यूनिस्ट लिग नेपाल (वाइसिएल) हेटौंडा उपमहानगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मुलुकमा धेरै पटक राजनीतिक परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको बताउँदै...
एमालेद्वारा मकवानपुरगढीमा अध्यक्षको नाम सिफारिस
मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा बहालवाला गाउँपालिका अध्यक्षलाई नै उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको छ । आइतबार सम्पन्न गाउँ कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बाहालावाल अध्यक्ष विदुर हुमागाईलाई नै पुनः सोही पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।...










